Logo

Breaking News 1

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु


२३ चैत्र २०८०, शुक्रबार  

46
Shares

बैतडी । बैतडीको झौलेकमा शुक्रबार बिहान ट्याक्टर दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्याक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका–८, झौलेक मोडमा दुर्घटना भएको हो ।

दुर्घटनामा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । परिचय नखुलेका ट्याक्टर चालक र त्यसमा सवार राजेश चौधरीको मृत्यु भएको उनले बताए ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ९ : ४१ बजे