Logo

समाचार

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्यक्षमा चौधरी नियुक्त



काठमाडौं । सरकारले रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा प्राडा पशुपति चौधरीलाई नियुक्त गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले समितिको अध्यक्ष पदमा चौधरीलाई र सदस्यमा वीरेन्द्रप्रसाद यादवलाई नियुक्त गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

उनले भनिन्,‘स्वास्थ्य तथा जनसंङख्या मन्त्रालयको प्रस्तावमा रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार तयारी विकास समितिको अध्यक्ष पदमा सप्तरी निवासी प्राडा पशुपति चौधरी र सदस्यमा वीरेन्द्रप्रसाद यादवलाई नियुक्ति गर्ने भन्ने निणर्य भएको छ ।’

त्यस्तै सरकारले बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानको सदस्य पदमा ज्ञानेन्द्रमान सिंह कार्कीलाई मनोनयन गर्ने पनि निणर्य गरेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  ४ : २६ बजे