Logo

समाचार

वाइडबडी विमान खरिद प्रकरण: पूर्वमन्त्री शाहीसहित ३२ जनाविरुद्ध मुद्दा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रकरणमा भ्रष्टाचार गरिएको भन्दै ३२ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो। मुद्दा दायर गरिएकामा आपूर्तिकर्ता कम्पनीका आठ विदेशी नागरिक र २४ नेपाली छन्। उनीहरूले एक अर्ब ४७ करोड १० लाख ८५ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ।

अख्तियारले पूर्वपर्यटनमन्त्री एवं कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका तत्कालीन प्रबन्ध निर्देशक सुगतरत्न कंसाकार, निगमका तत्कालीन सञ्चालक समिति सदस्यहरू शिशिरकुमार ढुंगाना, बुद्धिसागर लामिछानेलगायत व्यक्तिलाई प्रतिवादी बनाएको छ।

तत्कालीन सचिव शंकर अधिकारी, अच्युतराज पहाडी, जीवनप्रकाश सिटौला, आपूर्तिकर्तामा बेलायत निवासी दीपक शर्मालाई समेत प्रतिवादी बनाइएको छ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  ४ : ११ बजे