Logo

समाचार

त्रिवि शिक्षण अस्पतालको सेमिनार हलको एसीको पाइप पड्कियो



काठमाडौं । त्रिवि शिक्षण अस्पतालको एक भवनभित्र विष्फोटको आवाज सुनिएको छ । विष्फोटको आवाज आएलगत्तै मानिसहरुको भीड जम्मा भएको छ ।

त्रिवि शिक्षण अस्पतालको सेमिनार हलको एयरकन्डिसनर (एसी)को पाइप पड्किएको त्रिवि शिक्षण अस्पतालका निर्देशक दिनेश काफ्लेले जानकारी दिए ।

प्रहरीले भने विस्तृत जानकारी नभएको र सूचना संकलनको काम भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  १२ : ४८ बजे