Logo

प्रविधि

यो नयाँ वर्षमा, सि.जी.को नयाँ सोचौं, नयाँ रोजौं उपहार योजना



काठमाडौं । नेपालकै सबैभन्दा ठूलो र नम्बर १ इलेक्ट्रोनिक्स् ब्राण्ड सी.जी. ले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा ग्राहकहरुलाई केही नयाँ गरौं, नयाँ सोचौं, र नयाँ नै रोजौं भन्ने मूल सन्देशका साथ सी.जी. ले “नयाँ सोचौं, नयाँ रोजौें” भन्ने नयाँ वर्षको उपहार योजना लिएर आएको छ ।

यस उपहार योजना अन्तर्गत सी.जी.तथा सी.जी. मेरिडिया को उत्कृष्ट उत्पादनहरुको नवीनतम प्रविधि एवम गुणस्तरका साथ विशेष ग्राहकहरुका लागि रु. ५८,८०० सम्मको आकर्षक क्यासब्याक तथा अन्य विभिन्न पक्का उपहारहरु समेत उपलब्ध रहेको छ । आधुनिक प्रविधिको उत्कृष्ट क्वालिटिका सामान सँगै नेपालको आप ब्राण्ड सी.जी. को विश्वास पाई ग्राहकवर्गहरु ढुक्क भई यस नयाँ वर्षमा एक नयाँ सुरुवात गर्दै उत्सव मनाउन सकिनेछ ।

यस उपहार योजना अन्तर्गत सी.जी. का विभिन्न उत्पादन जस्तै एल.ई.डि टि.भि., गुगल टि.भि., एयर कन्डिशनर, रेफ्रिजरेटर, वाशिङ मेशिन, एयर कुलर, भ्याकुम क्लिनर, अडियो सिस्टम, चेस्ट फ्रिजर र शोकेश तथा माइक्रोवेभ ओभनहरुमा आकर्षक क्यासब्याक तथा सिमित उत्पादनहरुमा पक्का उपहारहरु प्राप्त गर्न सकिनेछ ।

यसरी ३२”, ४३”, ५०”, र ५५” को एल.इ.डी. टि.भि., अडियो सिस्टम, रेफ्रिजरेटर, शोकेश, चेस्ट फ्रिजर, एयर कुलर, र भ्याकुम क्लिनर मा क्यासब्याक अफर रहेको छ भने ६५” र ७५” को गुगल टि.भी. मा क्यासब्याक लगायत २.१ स्पीकर उपहार पनि रहेको छ ।

त्यसैगरी सेमि अटोमेटिक तथा टप लोड वाशिङ मेशिनमा क्यासब्याक लगायत ३ लि. एरियल उपहार रहेको छ भने फ्रन्ट लोडमा क्यासब्याक लगायत ६ के.जी. एरियल उपहार रहेको छ । माइक्रोवेभ ओभनको खरिदमा क्यासब्याक लगायत कुकिङ किट उपहार पाउन सक्नुहुनेछ भने डिशवाशरमा क्यासब्याक लगायत डिशवाशर किट र एयर कन्डिशनरहरुमा क्यासब्याक लगायत निःशुल्क जडानको सुविधा लिन सक्नुहुनेछ ।

यो योजना चैत्र २१, २०८० देखि नेपाल अधिराज्यभर सिमित अवधिको लागि लागु गरिएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  ११ : ४१ बजे