Logo

राजनीति

उपनिर्वाचनका उम्मेदवार टुंग्याउन बोर्डको बैठक बूढानीलकण्ठमा



काठमाडौँ । उपनिर्वाचनका उम्मेदवार टुंग्याउन नेपाली कांग्रेस संसदीय बोर्डको बैठक सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा उपनिर्वाचनका उम्मेदवार टुंग्याउन बोर्डको बैठक बसिरहेको महामन्त्री विश्वप्रकाश शर्माले बताए ।

उपनिर्वाचनको उम्मेदवार टुङ्ग्याउन सभापति देउवा तीन दिनदेखि नियमित छलफलमा छन् । आगामी वैशाख १५ मा हुने इलाम—२ र बझाङ प्रदेशसभा—१ को उपनिर्वाचनका उम्मेदवार टुंग्याउन कांग्रेसमा चर्को रस्साकस्सी देखिएको छ ।

इलाम— २ को टिकटका लागि जिल्ला सभापति डम्बर खड्का र महाधिवेशन प्रतिनिधि भेषराज आचार्यबिच मुख्य भिडन्त छ । सभापति देउवाले खड्काको नाम प्रस्ताव गरेका छन् भने विकल्पमा नेता शेखर कोइरालाले आचार्यको नाम अगाडि सारेका छन् ।

यस्तै बझाङ प्रदेशसभा १ को उम्मेदवारमा पनि जगत जोशी र अभिषेक सिंहको हानथाप चलिरहेको नेताहरू बताउँछन् । देउवाले सिंह र कोइरालाले जोशीको नाममा अडान लिइरहेका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ४ : २५ बजे