Logo

विश्व

ताइवान भूकम्प अपडेटः ४ को मृत्यु,  २६ वटा भवनमा क्षति



काठमाडौं । ताइवानमा आज बिहान ७ दशमलव २ म्याग्निच्युडको भूकम्प जाँदा चार जनाको मृत्यु भएको त्यहाँको सरकारले जनाएको छ । भूकम्पमा परेर दर्जनौं घाइते भएका छन् ।

यो  टापुमा २५ वर्षयताकै सबैभन्दा शक्तिशाली भूकम्प आएको हो ।

भूकम्पपछि दक्षिणी जापान र फिलिपिन्सका समुद्री क्षेत्रमा सुनामी आउने चेतावनी दिएको छ ।

ताइवानको सरकारले भूकम्पको केन्द्रविन्दु रहेको थोरै जनसंख्या भएको पूर्वी काउन्टी हुआलियनमा चार जनाको मृत्यु भएको र ५० भन्दा बढी घाइते भएको बताएको छ ।

अहिलेसम्म २६ वटा भवन भत्किएका छन् भने  हुआलियनमा २० जना मानिस खण्डहरमा फसेका छन् । अहिले त्यहाँ उद्धार कार्य जारी छ ।

ताइवान टेलिभिजन स्टेशनहरूले हुआलियनमा बिहान ८ बजे भूकम्प जाँदा मानिसहरू काममा जाने र विद्यार्थीहरु स्कूल जाने दौडधुपमा थिए ।

ताइवानको केन्द्रीय मौसम प्रशासनका अनुसार भूकम्पको गहिराई १५.५ किलोमिटर (९.६ माइल) रहेको मापन गरिएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ११ : ५० बजे