Logo

खेलकुद

गुजरातको टिमसँग खेल्दै नेपाल



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज गुजरात क्रिकेट एसोसिएसनको टिमसँग खेल्दै छ । खेल भारतको गुजरातमा नेपाली समय अनुसार दिउँसो पौने ३ मा सुरु हुनेछ ।

यस खेलमा जित निकाल्दै नेपाल एक खेल अगाबै फाइनल प्रवेशको लक्ष्यमा रहेको छ । पहिलो खेलमा आइतबार नेपालले गुजरात क्रिकेट एसोसिएसनको टोलीलाई पराजित गरेको थियो ।

शुक्रबार बरोडासँग खेल्दै नेपाल कपको समूह चरणका खेल सकाउने छ ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ९ : ०७ बजे