Logo

Breaking News 1

ताइवानमा ७.४ म्याग्निच्युडको भूकम्प



काठमाडाैं । ताइवानको पूर्वी तटमा बुधबार ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार बुधबार बिहान गएको भूकम्पको केन्द्र हुलियन सहरबाट १८ किलोमिटर दक्षिणमा रहेको छ ।

बीबीसीका अनुसार भूकम्पपछि ६.५ म्याग्निच्युडसहितका थुप्रै ठूला परकम्प आइरहेको जनाएको छ ।  भूकम्पपछि ताइपेका कतिपय स्थानमा विद्युत् आपूर्ति बन्द भएको छ । भूकम्पले पुर्‍याएको क्षतिको विवरण आउन भने बाँकी छ । 

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ८ : ५४ बजे