Logo

धर्म / संस्कृति

आजको राशिफल



काठमाडाैं । आज मिति २०८० चैत २० गते, मंगलबार २ अप्रिल २०२४। चैत्र कृष्णपक्ष अष्टमी तिथि, १५ः३५ बजेपछि नवमी। पूर्वाषाढा नक्षत्र, १८ः४३ बजेपछि उत्तराषाढा। चन्द्रराशि धनु।

मेष
शुभचिन्तकहरूको साथ–सहयोग जुट्नाले काम सम्पादन गर्न सकिनेछ। सामाजिक जिम्मेवारी बढ्नेछ। पहिलेको काम बन्नाले नयाँ अवसर प्राप्त हुनेछ। सेवा, धर्मकर्म र परोपकारी काममा प्रवृत्त भइनेछ।

वृष
समस्या र अर्थअभाव एकसाथ सामना गर्नुपर्ने देखिन्छ। आँटेको काम रोकिने भयले सताउनेछ। गरेको श्रमबाट उचित लाभ नहुन सक्छ। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ।

मिथुन
रमाइलो भेटघाटले नयाँ अवसर पनि जुटाउन सक्छ। भौतिक साधन जुट्नाले पेसा–व्यवसायमा उत्साहजनक परिवर्तन आउनेछ। व्यापार बढ्नाले मनग्य लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ।

कर्कट
साहसी काम गरेर उपलब्धि हातपार्न सकिनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ।

सिंह
अवसरले पछ्याए पनि मौकाको फाइदा उठाउन निकै मिहिनेत गर्नुपर्ला। स्वास्थ्यका लागि खानपान र विश्राममा ध्यान पुर्याउनुहोला। मिहिनेतको परिणाम भने राम्रै हुनेछ। प्रतिष्ठित काम सम्पादन गर्न सकिनेछ।

कन्या
घर–परिवारमा असमझदारी बढ्न सक्छ। फजुल खर्च बढ्नेछ भने काममा पनि उल्झन आउन सक्छ। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउनेछ। मान–सम्मानमा समेत आघात पुग्ने सम्भावना छ।

तुला ( ीक्ष्द्यच्ब्
र, रि, रु, रे, रो, ता, ति, तु, ते
पहिलेको सफलताले नयाँ अवसर समेत दिलाउने हुँदा जोश–जाँगर बढ्नेछ। दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र फाइदा उठाउन सकिनेछ। श्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। पराक्रम बढ्नेछ र शत्रु परास्त हुनेछन््र। विवाद तथा मुद्दाहरूमा पनि आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई समेत पछि पार्न सकिनेछ।

वृश्चिक
प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ।

धनु
परिस्थिति नबुझी काम थाल्नाले समस्या पर्न सक्छ। आफ्ना कमजोरीबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। गोप्य सूचना बाहिरिनाले समस्या पर्नेछ। स्वास्थ्यका लागि खानपान र विश्राममा ध्यान पुर्याउनुहोला।

मकर
फजुल खर्च बढ्नेछ भने बेलैमा होस नपुग्नाले अर्थ अभाव देखापर्न सक्छ। समय दिन नसक्दा काम रोकिनेछ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ।

कुम्भ
मिहिनेतले राम्रो परिणाम दिलाउनेछ। तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। कृषि, पशुपालनमा आदिमा फाइदा हुनेछ।

मीन
तारिफयोग्य काम गर्ने अवसर प्राप्त हुनेछ। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ६ : ०७ बजे