Logo

खेलकुद

आईपीएल : दिल्लीकाे पहिलो जित



काठमाडाैं । जारी इन्डियन प्रिमियर लिग आईपीएलमा दिल्ली क्यापिटल्सले पहिलो जित निकालेको छ । आइतबार भएको खेलमा दिल्लीले यस सिजनका दुई खेलमा लगातार हार ब्यहोरर्दै पहिलो जित निकालेको हो ।

विशखापटनमा भएको खेलमा दिल्लीले दिएको १९२ रनको लक्ष्य पछ्याएको चेन्नाई निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रन मात्र रोकियो ।

चेन्नाईका लागि अजिंके रहानेले सर्वाधिक ४५ रनको योगदान गरे । त्यस्तै महेन्द्र सिंह धोनीले १६ बलमा ४ चौका र तीन छक्काको मद्दतले अविजित ३७ रन बनाए । त्यस्तै ड्यारिल मिचेलले ३४ , रविन्द्र जडेजाले अविजित २१ तथा शिभम दुवेले १८ रनको योगदान गरे ।

दिल्लीका लागि मुकेश कुमारले तीन, खालिल अहम्मदले दुई तथा अक्षर पटेलले एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९१ रन बनाएको थियो ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ६ : २८ बजे