Logo

शिक्षा

उत्तरपुस्तिका हराएका त्रिविका दुई विषयको परीक्षा चैत २१ मा हुने


१६ चैत्र २०८०, शुक्रबार  

69
Shares

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीका उत्तरपुस्तिका हराएका दुई विषयको परीक्षा यही चैत २१ गते गर्ने भएको छ ।

त्रिवि रजिस्ट्रारको कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखाले बिहीबार प्रेस विज्ञप्ति निकालेर उत्तरपुस्तिका हराएका दुई विषयमा चैत २१ गते पुन: परीक्षा लिइने उल्लेख गरेको छ ।

२०८० वैशाखमा लिइएको स्नातक तह प्रथम वर्षको जनसंख्या तथा स्वास्थ्य (४२२) र शिक्षाको आधार विषय (४१२) को परीक्षा दिएका केही विद्यार्थीको उत्तरपुस्तिका हराएको थियो। त्रिवि परीक्षा नियन्त्रण कार्यालयबाटै उत्तरपुस्तिका हराएको थियो ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  १२ : १६ बजे