Logo

Breaking News 1

नेपाल ए र आयरल्यान्ड उल्भ्सबीचको पहिलो खेल आज


१६ चैत्र २०८०, शुक्रबार  

69
Shares

काठमाडौं । नेपाल ए र आयरल्यान्ड उल्भ्सबीचको टी-२० सिरिजको पहिलो खेल आज हुने भएको छ । यसअघि बिहीबार हुने तालिका भएपनि वर्षाका कारण खेल हुन नसकेपछि नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार नै नयाँ तालिका सार्व जनिक गरेको थियो ।

नयाँ तालिका अनुसार अब नेपाल ए आयरल्यान्ड उल्भ्ससँग आज पहिलो ३० मार्चमा दोस्रो र अप्रिल १ मा तेस्रो टी२० खेल खेल्ने छ। त्यसैगरी अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ ।

यसअघि आयरल्यान्ड वुल्भ्सले रोहितकुमार पौडेलको कप्तानिमा रहेको नेपाली राष्ट्रिय टिमसँग दुई ट्वान्टी–२० क्रिकेट खेलेको थियो । दुवै खेलमा हार व्यहोरेको आयरल्यान्ड वुल्भ्स आज पहिलो जितको खोजीमा हुनेछ । 

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  ७ : ४८ बजे