Logo

Breaking News 1

संघीय संसद्अन्तर्गत आज दुईवटा समितिको बैठक बस्दै



काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुईवटा समितिको बैठक बस्दै छ । राज्य व्यवस्था तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।

बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूची छ ।

त्यस्तै, बिहान ११ बजे नै बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको कार्यक्षेत्र र कार्ययोजना तथा विविध विषयमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ७ : २९ बजे