Logo

Breaking News 1

वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले लिए शपथ



काठमाडौं । वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त भएका जनता समाजवादी पार्टी (जसपा)का सांसद दीपक कार्कीले शपथ लिएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार कार्कीले राज्यमन्त्रीको शपथ ग्रहण गरेका हुन् ।

यसअघि कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्री नियुक्त गरेका थिए । उनलाई प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राज्यमन्त्रीमा नियुक्त गरिएको हो ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ३ : ५७ बजे