Logo

अर्थ

निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा मल्ल



काठमाडौँ । नेपाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा राजेन्द्र मल्ल निर्वाचित भएका छन् । नेपालमा सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरूको छाता संगठनकारुपमा रहेको यो संघको अध्यक्षमा प्रभु इन्स्योरेन्समा आबद्ध मल्ल निर्वाचित भएका हुन् ।

काठमाडौँमा सम्पन्न संघको ८औं वार्षिक साधारणसभाबाट अध्यक्षमा मल्लसहित उपाध्यक्षमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका मनोहर दास मूल निर्वाचित भएका छन् । यस्तै, महासचिवमा हिमालयन एभरेष्ट इन्स्योरेन्सका महेन्द्र कृष्ण श्रेष्ठ निर्वाचित भएका छन् ।

संघको कोषाध्यक्षमा नेको इन्स्योरेन्सका रशेमकुमार निरौला निर्वाचित हुँदा सदस्यहरूमा आजाद श्रेष्ठ, पवन अग्रवाल र कुनाल कयाल निर्वाचित भएका छन् । नवनिर्वाचित कार्यसमितिको अवधि २ वर्षको हुनेछ ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  १२ : ०६ बजे