Logo

Breaking News 1

रवि लामिछानेमाथि छानबिनका लागि समिति गठन गर्न नेपाली कांग्रेसले माग



काठमाडाैं । सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि समिति गठन गर्न नेपाली कांग्रेसले माग गरेको छ । बुधबार प्रतिनिधिसभाको बैठक शुरू हुने वित्तिकै कांग्रेस सांसदले उभिएर विरोध जनाएका थिए ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखसँग समय माग्दै कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले छानबिन समिति बनाउनका लागि अल्टिमेटम दिएकी छन् ।

मंगलबार गृहमन्त्री लामिछानेले कांग्रेसले ४ वर्ष संसद् अवरोध गरे पनि सरकारले काम गरिरहने भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाइन् । उनले भनिन्, ‘आउँदो सदनमा सरकार पक्षले समिति बनाउन मानेन भने हामीलाई होइन उहाँहरूलाई सदन चाहिएको रहेनछ भन्ने बुझ्नेछौँ ।’ 

उनले बालकुमारी घटनामा उफ्री उफ्री समिति बनाउनुपर्छ भन्ने उनै लामिछाने आफ्नो विषयमा समिति बन्नुपर्छ भनेपछि किन अटेर गरेको भन्दै प्रश्न गरिन् ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  १२ : १७ बजे