Logo

Breaking News 1

महरा पक्राउपछि बालुवाटारमा माओवादी केन्द्रको पदाधिकारी बैठक



काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र नेताहरूको जिम्मेवारी सम्बन्धमा छलफल हुने नेताहरूले बताएका छन् ।

पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा सोमबार सुन तस्करी प्रकरणमा समातिएपछि अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले नेताहरूसँग त्यसबारे समेत छलफल गर्न लागेका हुन् । त्यसहिसावले पनि आजको बैठकलाई महत्वका साथ हेरिएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ९ : ०८ बजे