Logo

Breaking News 1

समयमै ऋण चुक्ता गर्न सहकारीका ऋणीहरूलाई काठमाडौं महानगरको अपिल



काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरकारीबाट लिएर चुक्ता गर्न बाँकी रहेका ऋणीहरूलाई समयमै ऋण चुक्ता गर्न आग्रह गरेको छ ।

महानगरपालिकाको सहकारी विभागले सार्वजनिक सूचना जारी गर्दै सहकारीबाट लिएको साँवा र ब्याज समयमै नतिर्ने सदस्यलाई कानुनी कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

पछिल्लो सयम ऋण नतिरे मिनाहा हुने भन्ने अफवाहका भरमा ऋणीहरूले ऋण नतिर्दा कारोबार प्रभावित हुने अवस्था बनेको भन्दै विभागले ऋणीहरूले समयमै रकम चुक्ता नगर्दा बचतकर्ताको बचत फिर्ता गर्न नसक्ने अवस्था भएकोप्रति समेत ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  १० : ०६ बजे