Logo

खेलकुद

चेल्सी र म्यानचेस्टर युनाइटेड एफ ए कपको सेमिफाइनलमा



काठमाडौं । एफ ए कप फुटबलमा चेल्सी र म्यानचेस्टर युनाइटेडले सेमिफाइनलमा स्थान बनाएका छन् । आइतबार राति भएको खेलमा चेल्सीले लेस्टर सिटीलाई र म्यानचेस्टर युनाइटेडले लिभरपुललाई पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेका हुन् । चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा सम्पन्न खेलमा चेल्सीले लेस्टर सिटीलाई ४–२ गोलले पराजित गरेको हो । खेलको १३ औँ मिनेटमा मार्क कुकुरेलाले गोल गर्दै घरेलु टोली चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

२६औँ मिनेटमा चेल्सी पेनाल्टीको पायो तर, उक्त पेनाल्टीमा रहिम स्टर्लिङले गोल गर्न असफल भएपछि चेल्सीले अग्रता दोब्बर मनाउने मौका गुमाएको थियो । पहिलो हाफको अतिरिक्त समयको पहिलो मिनेटमै कोल पाल्मरले गोल गर्दै चेल्सीलाई २–० को अग्रता दिलाए । तर, खेलको ५१औँ मिनेटमा पाहुना टोली लेस्टर सिटीले उपहार गोलमा खेल २–१ को अबस्थामा ल्याउन सफल भयो। चेल्सीका एक्सेल डिसासी आफ्नै पोस्टमा गोल गरेपछि खेलमा २–१ को रोमाञ्चक अबस्थामा पुगेको थियो ।

६२ औँ मिनेटमा स्टेफी माविडिडीले गोल गरेपछि पाहुना टोली २–२ को बराबरीसँगै खेलमा फर्कियो । ७३ औँ मिनेटमा पाहुना टोली लेस्टर सिटी १० खेलाडीमा सिमित बन्यो । लेस्टरका कलोमले रातो कार्ड पाएर मैदान छाडेका थिए । १० खेलाडीमा समेटिएको लेस्टर सिटीमाथि चेल्सीले फाइदा उठाउँदै खेलमा ४–२ को रोमाञ्चक जित निकाल्यो । चेल्सीका लागि अतिरिक्त समयको दोस्रो मिनेटमा केमीले गोल गरेपछि खेलमा ३–२ को अग्रता बनायो । अतिरिक्त समयकै आठौँ मिनेटमा नोनी मडुके गोल गरेपछि चेल्सीले ४–२ को जित निकाल्यो ।

यस्तै ओल्ड ट्राफोर्डमा पाहुना टोली लिभरपुललाई ४–३ गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर युनाइटेडले अन्तिम चारमा स्थान बनाउन सफल भयो । निर्धारित ९० मिनेटमा २–२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियोे । जसमा युनाइटेडले २ गोल थप्दा लिभरपुलले १ गोलमात्रै फर्कायो । घरेलु टोली युनाइटेडको जितमा स्कट मक्टोमिने, एन्टोनी र अमाद डियालोले समान एक एक गोल गरे । लिभरपुलका लागि एलेक्सिस एलिस्टर, मोहम्मद सलाह र हर्वो इलियटले गरेको गोल सान्त्वना बन्यो ।

घरेलु टोली युनाइटेडका लागि खेलको १०औँ मिनेटमा स्कट मक्टोमिनेले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । ४४औँ मिनेटमा पाहुना टोली लिभरपुलका लागि एलेक्सिस एलिस्टरले गोल गर्दै खेल १–१ को अबस्थामा ल्याए । त्यसपछि पहिलो हाफको अतिरिक्त समयको दोस्रो मिनेटमा मोहम्मद सलाहले गोल गर्दै पाहुना टोली लिभरपुललाई २–१ को अग्रता दिलाए । खेलमा २–१ को जित नजिक पुगेको पाहुना टोली लिभरपुल अन्तिम ३ मिनेट सम्हालीन सकेन ।

घरेलु टोली युनाइटेडका लागि एन्टोनीले ८७ औं मिनेटमा गोल गर्दै खेल २–२ को रोमाञ्चक अबस्थमा ल्याएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । १०५औँ मिनेटमा लिभरपुलका लागि हार्भि इलिएटले गोल गर्दै ३–२ को अग्रता दिलाए । ११२औँ मिनेट युनाइटेडका लागि मार्कस रासफोर्डले गोल गरेपछि खेल ३–३ को रोमाञ्च अबस्थामा पुग्यो । त्यसपछि दोस्रो हाफको ८६औं मिनेटमा मैदान छिरेका अमादले १२१औं मिनेटमा गोल गर्दै युनाइटेडलाई ४–३ को रोमाञ्च जित दिलाए ।

चेल्सी र म्यानचेस्टर युनाइटेड एफ ए कपको सेमिफाइनलमा काठमाडौं । एफ ए कप फुटबलमा चेल्सी र म्यानचेस्टर युनाइटेडले सेमिफाइनलमा स्थान बनाएका छन् । आइतबार राति भएको खेलमा चेल्सीले लेस्टर सिटीलाई र म्यानचेस्टर युनाइटेडले लिभरपुललाई पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेका हुन् । चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा सम्पन्न खेलमा चेल्सीले लेस्टर सिटीलाई ४(२ गोलले पराजित गरेको हो । खेलको १३ औँ मिनेटमा मार्क कुकुरेलाले गोल गर्दै घरेलु टोली चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

२६औँ मिनेटमा चेल्सी पेनाल्टीको पायो तर, उक्त पेनाल्टीमा रहिम स्टर्लिङले गोल गर्न असफल भएपछि चेल्सीले अग्रता दोब्बर मनाउने मौका गुमाएको थियो । पहिलो हाफको अतिरिक्त समयको पहिलो मिनेटमै कोल पाल्मरले गोल गर्दै चेल्सीलाई २(० को अग्रता दिलाए । तर, खेलको ५१औँ मिनेटमा पाहुना टोली लेस्टर सिटीले उपहार गोलमा खेल २(१ को अबस्थामा ल्याउन सफल भयो। चेल्सीका एक्सेल डिसासी आफ्नै पोस्टमा गोल गरेपछि खेलमा २(१ को रोमाञ्चक अबस्थामा पुगेको थियो । ६२ औँ मिनेटमा स्टेफी माविडिडीले गोल गरेपछि पाहुना टोली २(२ को बराबरीसँगै खेलमा फर्कियो । ७३ औँ मिनेटमा पाहुना टोली लेस्टर सिटी १० खेलाडीमा सिमित बन्यो । लेस्टरका कलोमले रातो कार्ड पाएर मैदान छाडेका थिए ।

१० खेलाडीमा समेटिएको लेस्टर सिटीमाथि चेल्सीले फाइदा उठाउँदै खेलमा ४(२ को रोमाञ्चक जित निकाल्यो । चेल्सीका लागि अतिरिक्त समयको दोस्रो मिनेटमा केमीले गोल गरेपछि खेलमा ३(२ को अग्रता बनायो । अतिरिक्त समयकै आठौँ मिनेटमा नोनी मडुके गोल गरेपछि चेल्सीले ४(२ को जित निकाल्यो । यस्तै ओल्ड ट्राफोर्डमा पाहुना टोली लिभरपुललाई ४(३ गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर युनाइटेडले अन्तिम चारमा स्थान बनाउन सफल भयो । निर्धारित ९० मिनेटमा २(२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियोे ।

समा युनाइटेडले २ गोल थप्दा लिभरपुलले १ गोलमात्रै फर्कायो । घरेलु टोली युनाइटेडको जितमा स्कट मक्टोमिने, एन्टोनी र अमाद डियालोले समान एक एक गोल गरे । लिभरपुलका लागि एलेक्सिस एलिस्टर, मोहम्मद सलाह र हर्वो इलियटले गरेको गोल सान्त्वना बन्यो । घरेलु टोली युनाइटेडका लागि खेलको १०औँ मिनेटमा स्कट मक्टोमिनेले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । ४४औँ मिनेटमा पाहुना टोली लिभरपुलका लागि एलेक्सिस एलिस्टरले गोल गर्दै खेल १(१ को अबस्थामा ल्याए । त्यसपछि पहिलो हाफको अतिरिक्त समयको दोस्रो मिनेटमा मोहम्मद सलाहले गोल गर्दै पाहुना टोली लिभरपुललाई २(१ को अग्रता दिलाए ।

खेलमा २(१ को जित नजिक पुगेको पाहुना टोली लिभरपुल अन्तिम ३ मिनेट सम्हालीन सकेन । घरेलु टोली युनाइटेडका लागि एन्टोनीले ८७ औं मिनेटमा गोल गर्दै खेल २(२ को रोमाञ्चक अबस्थमा ल्याएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । १०५औँ मिनेटमा लिभरपुलका लागि हार्भि इलिएटले गोल गर्दै ३(२ को अग्रता दिलाए । ११२औँ मिनेट युनाइटेडका लागि मार्कस रासफोर्डले गोल गरेपछि खेल ३(३ को रोमाञ्च अबस्थामा पुग्यो । त्यसपछि दोस्रो हाफको ८६औं मिनेटमा मैदान छिरेका अमादले १२१औं मिनेटमा गोल गर्दै युनाइटेडलाई ४(३ को रोमाञ्च जित दिलाए ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ८ : १८ बजे