Logo

मनोरञ्जन

कान्तिपुर सिनेमाजमा ‘नेपाली फिक्सन’


३० फाल्गुन २०८०, बुधबार  

69
Shares

काठमाडौं । एक ग्याङस्टारको घरमा लागुऔषधको सामना पु¥याउन गएका दुई चोरबीच हिस्सा बाँडफाँडका विषयमा भएको मनमुटाव र लालचबाट निम्तिने अन्तरद्वन्द्वलाई समेटिएको फिल्म ‘नेपाली फिक्सन’को ओटीटी प्लेटफर्म कान्तिपुर सिनेमाजबाट प्रसारण सुरु भएको छ ।

कमेडी जनराको यो फिल्म गत फागुन २ गते काठमाडौंको विश्वज्योति हलमा प्रिमियर गरिएको थियो ।

सन् २०२२ मा निर्माण गरिएको यो फिल्ममा देवेन्द्र खत्रीको निर्देशन छ ।

देवेन्द्र कान्तिपुर फिल्म एकेडेमीका पासआउट विद्यार्थी हुन् । थुप्रै सर्ट फिल्म बनाइसकेका देवेन्द्रसँग नेपाली सिरिज ‘ब्रह्माण्ड’, प्रदर्शनरत फिल्म ‘अगस्त्य’ र हाल छायांकनरत फिल्म ‘मेयर’मा सहायक निर्देशकको अनुभव पनि छ ।

पाँच पात्र वरपर घुम्ने ‘नेपाली फिक्सन’मा सञ्जोग रसाईली, रुजा राउत, विमल पुरी, सुप्रज्ञा शर्मा र रुपेश दाहालको अभिनय छ ।

फिल्ममा आशिष घिमिरेको छायांकन र सजल लोप्चनको सम्पादन छ ।

कान्तिपुर सिनेमाजमा ‘नेपाली फिक्सन’सँगै ‘मदर’, ‘मुखिया’, ‘रितु’, ‘खरानी’, ‘पँखेटा’लगायत सर्ट फिल्म प्रसारण भइरहेका छन् ।

यो ओटीटी प्लेटफर्ममा ‘ब्रह्माण्ड’, ‘मिस स्कार्लेट’, ‘लभ सुत्र’, ‘जुलेवी’, ‘ज्याकी आई एम ट्वान्टी वान’, ‘चि मुसी’लगायत २४ घण्टाका फिल्म र सिरिज स्ट्रिमिङ भईरहेका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  १२ : ०५ बजे