Logo

Breaking News 1

प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यसूची


३० फाल्गुन २०८०, बुधबार  

0
Shares

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने छ । आजकाे बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेकाे छ ।

सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएको अवस्थामा प्रधानमन्त्रीले सदनबाट विश्वासको मत प्राप्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रधानमन्त्री प्रचण्डले पुरानो गठबन्धन तोड्दै नेकपा (एमाले)लगायत दलसित सहकार्य गरेपछि नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

कुल २७५ सदस्यीय संसदबाट विश्वास पाउन प्रधानमन्त्रीलाई १३८ मतको चाहिन्छ । एमाले, माओवादी, रास्वपा, जसपा, एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिसकेका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ६ : ३७ बजे