काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद गोपीबहादुर सार्की आछामीले सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नारायणप्रसाद दाहाललाई राष्ट्रियसभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन् ।
मङ्गलबार बोलाइएको राष्ट्रियसभा बैठकमा उनले माओवादी केन्द्रका सांसद दाहाललाई राष्ट्रियसभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका हुन् ।
सांसद आछामीले २०२७ सालदेखि नेपालको राजनीतिमा क्रियाशील रहनुभएका दाहाललाई समर्थन गरी मतदान गरिदिनु हुन अनुरोध गरे
प्रतिक्रिया