Logo

Breaking News 1

तीन प्रदेशका प्रदेश प्रमुखलाई हटाउने सरकारकाे निर्णय


२८ फाल्गुन २०८०, सोमबार  

92
Shares

काठमाडाैं । सरकारले तीन प्रदेशका प्रदेश प्रमुखलाई हटाउने निर्णय गरेको छ ।  सरकारले गण्डकी, मधेश र सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्तिको लागि सिफारिस गरेको हाे ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त हुने पदहरुमा नियुक्तिको लागि मधेसको लागि सुमित्रा भण्डारी, गण्डकीको लागि डिल्लीराज भट्ट र सुदूरपश्चिमको लागि नजिर मियाँ मनोनयनको लागि सिफारिस भएको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।

मधेसमा हरिशंकर मिश्र, गण्डकीमा पृथ्वीमान गुरुङ र सुदूरपश्चिममा देवराज जोशी प्रदेश प्रमुख थिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ६ : २४ बजे