Logo

मनोरञ्जन

लण्डनमा नेपाली फिल्म फेस्टिभल गरिँदै


२८ फाल्गुन २०८०, सोमबार  

46
Shares

काठमाडौं । बेलायतको लण्डनमा आगामी जुनमा दोस्रो ‘नेपाली फिल्म फेस्टिभल इन लण्डन २०२४’ हुने भएको छ । थर्ड आई लिमिटेडले आयोजना गर्ने यो महोत्सव एक सातासम्म चल्नेछ ।

आगामी जुन ९-१५ मा हुने महोत्सवमा १० वटा नेपाली फिल्म प्रदर्शन गरिने थर्ड आईका अध्यक्ष विकास देवकोटाले बताए ।

देवकोटाले महोत्सवले नेपाली फिल्म के-कस्ता बनिरहेका छन् भन्ने बारेमा प्रवासी नेपालीलाई थाहा हुने र नयाँ स्वाद बोकेका फिल्म प्रदर्शन गर्दा विदेशी बजारसमेत विस्तार हुने दाबी गरे ।

थर्ड आईका अनुसार करिब ४० जना हाराहारीमा फिल्मीकर्मी, पत्रकार र विभिन्न क्षेत्रका व्यक्तिहरु महोत्सवमा सहभागी हुनेछन् । आयोजकले महोत्सवमा ५० वटा फिल्मको आवेदन पर्ने दाबी गरेको छ । जसबाट १० वटा फिल्म मनोनयन गर्ने र पाँचलाई सम्मान गर्ने तयारी गरिएको छ ।

आयोजकले महोत्सवमा भाग लिन चाहने फिल्म मेकरले थर्ड आइको फेसबुक पेजमा गएर आवेदन दिन सक्ने जनाएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ४ : ३४ बजे