Logo

Breaking News 1

शेर्पा समुदायले आज नयाँ वर्ष ग्याल्पो ल्होसार मनाउँदै


२८ फाल्गुन २०८०, सोमबार  

0
Shares

काठमाडौं । आज शेर्पा समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व ग्याल्पो ल्होसार । देश र विदेशमा विभिन्न कार्यक्रम गरी मनाइदै छ । हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गर्दछन् ।

याे शेर्पा समुदायको नयाँ वर्ष हो । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।

फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गर्दछन् । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन थालिएको हो ।

विगतमा हिमाली जिल्लामा मात्रै मनाइने यो पर्व अहिले देशैभरि फैलिएको छ । शेर्पा समुदायको उपस्थिति भएका सबैजसो जिल्लामा धुमधामका साथ यो पर्व मनाउने गरिएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ७ : ३९ बजे