जनकपुर । धनुषाको जनकपुरधामस्थित जकपुरधाम उपमहानगरपालिका २३ विन्धीमा एन्जल्स सेकेन्डरी बोर्डिङ स्कूलको बसले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य सातजना भन्दा बढी घाइते भएका छन् ।
आइतबार जनकपुर जलेश्वर सडक खण्ड अन्तर्गत प्र २–०२–००१ क ०४३१ नम्बरको स्कूल बसको ठक्करबाट जनकपुरधाम उपमहानगरपालिका २३ विन्धीकी ३५ वर्षीया राखी देवी यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
तिव्र गतिमा आएको बसले विवाहको लागि मटकोर विधि गर्न पोखरीबाट माटो बोकेर गइरहेकी यादवसहितका महिलालाई ठक्कर दिएको स्थानीयले बताएका छन् ।
दुर्घटनामा घाइते भएका स्थानीय पशुपति देवी, अम्बिका झा, ममता देवी यादव लगायत चार जनाको जनकपुर प्रादेशिक अस्पतालमा भइरहेको छ । दुर्घटनामा अन्य व्यत्ति पनि घाइते भएको र उनीहरुलाई आफन्तले छुट्टाछुट्टै अस्पतालमा उपचारको लागि लगेको स्थानीले जानकारी दिएका छन् । तर,प्रहरीले घटनाबारे विवरण संकलन गरिरहेको जनाएको छ ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनापछि आक्रोसित बनेका स्थानीयले बसमा तोडफोड गरेका छन् ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया