Logo

अर्थ

सुनको मूल्य बढ्यो,चाँदी स्थिर


१७ फाल्गुन २०८०, बिहिबार  

138
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेर आउँदा चाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार ४ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ८ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार प्रतितोला एक सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला दुई सय रूपैयाँ बढेर आएको हो।

बुधबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार २ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार, ६ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बिहीबार चाँदीको मूल्य स्थिर रहेको छ। आज चाँदी प्रतितोला १३ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहिबार  ११ : ५७ बजे