Logo

समाचार

‘डिग्री माइलाः एमए थर्ड क्लास’को गीत ‘सुस्त सुस्त’ सार्वजनिक


११ फाल्गुन २०८०, शुक्रबार  

138
Shares

काठमाडौं । निर्देशक रामबाबु गुरुङ निर्देशित चलचित्र ‘डिग्री माइलाः एमए थर्ड क्लास’को पहिलो गीत ‘सुस्त सुस्त’ सार्वजनिक भएको छ ।

गीतको भिडियोमा अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्मा फिचर्ड छन् ।

गीतमा एसडी योगीको संगीत तथा दिल्लु चम्लागाईको शब्द तथा संगीतकार योगी र विज्ञानी पराजुलीको स्वर छ ।

गीतको भिडियोमा युमी बलामीको कोरियोग्राफी र निर्देशक रेनेशा वान्तवा राईको डिरेक्टर अफ कोरियोग्राफी रहेको छ ।

बाँसुरी फिल्मसले कबड्डी फिल्मस् र सुस्मा फिल्मस्सँग सहकार्य गर्दै निर्माण गरेको फिल्मले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्छ ।

यही नाममाथि अभिनेता दयाको निर्देशनमा केही वर्षअगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ ।

फिल्ममा दयाहाङ र आँचलका अलवा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय छ ।

फिल्मले ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई ट्यागलाइन बनाएको छ ।

फिल्म आगामी नेपाली नयाँ वर्षमा रिलिज हुनेछ । फिल्ममा निमेष श्रेष्ठको सम्पादन, रोहित शाक्यको पाश्र्व संगीत, शिवराम श्रेष्ठ र राइली एस शिनको छायांकन छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ५ : ०८ बजे