Logo

Breaking News 1

सितापाइलामा मृत फेला परेकी महिलाका श्रीमान पनि झुण्डिएको अवस्थामा मृत फेला



काठमाडौं । काठमाडौंको सितापाइलामा मृत फेला परेकी महिलाका श्रीमान पनि झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

सोलुखुम्बुका ‘राजु घिमिरे’ भन्ने राजु विश्वकर्माले सीतापाइलामा एक घरको कोठामा श्रीमती र दुई बालिकाको हत्यापछि नजिकको जंगलमा गएर आत्महत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।

श्रीमती, छोरी र एक नातिनीकाे हत्यापछि उनले आफ्नै ससुरा र सासुलाई फोन गरेर घटनाका बारेमा जानकारी गराउँदै आफूले पनि आत्महत्या गर्न लागेको बताएको प्रहरीले जानकारी दिएको छ । 

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  १२ : ३८ बजे