Logo

Breaking News 1

कर्णाली प्रदेशमा रास्वपाले गर्‍याे सबै कमिटी र विभाग विघटन 



काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कर्णाली प्रदेशका सबै कमिटी र विभाग विघटन गरेको छ । आइतबार बसेको रास्वपाको सचिवालयको बैठकले कर्णाली प्रदेशका प्रदेशदेखि वडासम्मका सम्पूर्ण समिति र विभाग विघटन गरी कर्णाली प्रदेशमा तीन महिने ‘कर्णाली विशेष अभियान’ संचालन गर्ने निर्णय गरेको हो । 

कर्णाली प्रदेशका प्रदेशदेखि वडासम्मका सम्पूर्ण समिति र विभाग विघटन गरी कर्णाली प्रदेशमा तीन महिने कर्णाली विशेष अभियान सञ्चालन गर्ने निर्णय गरिएको रास्वपाका महामन्त्री मुकुल ढकालले बताए ।

अभियानमा संसद्‌मा कर्णालीका मुद्दाहरूलाई विशेष प्राथमिकताका साथ उठाउँदै सरकारलाई घच्घच्याउने र पार्टी संगठनका गतिविधि एवं कार्यक्रमहरूलाई व्यापक रूपमा अगाडि बढाउने निर्णय भएको उनले जानकारी दिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ८ : ५४ बजे