Logo

Breaking News 1

कांग्रेसकाे महासमिति बैठक आजदेखि



काठमाडौं । नेपाली कांग्रेसकाे महासमिति बैठक सुरु हुँदै छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा महासमिति बैठक बस्दै छ ।

कांग्रेस प्रचार/प्रसार विभाग प्रमुख मीन विश्वकर्माले आइतबार पत्रकार सम्मेलन गर्दै महासमिति बैठकको तयारी पुरा भएको जानकारी दिए ।

फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमितिको मुख्य कार्य पार्टीको नीति निर्माण गर्नुरहेको जनाइएकाे छ

बैठककाे उद्घाटन आज दिउँसो १ बजे सभापति शेरबहादुर देउवाले गर्ने छन् । महासमिति बैठकमा फागुन ४ को केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदित नीति, सांगठनिक, समसामयिक राजनीतिक, नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा र लेखा परीक्षण प्रतिवेदन पेस हुनेछन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ६ : ३२ बजे