काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्याण्ड्ससँगको खेलमा नेपालले तेस्रो सफलता पाएको छ । ललित राजवंशीले नेदरल्याण्ड्सका स्याब्रान्ड एंगेलब्रेक्टको विकेट लिँदै नेपाललाई तेस्रो सफलता दिलाएका हुन् ।
यसअघि पहिलो पावरप्ले अर्थात १० ओभरभित्रै नेपालले नेदरल्याण्ड्सले २ विकेट लिएको थियो । खेलको तेस्रो बलमा नै सोमपाल कामीले नेदरल्याण्ड्सका माइकल लेभिटलाई देव खनालको हातबाट क्याच आउट गराएका थिए ।
प्रतिक्रिया