Logo

कर्पोरेट

विद्युतीय गाडी ‘आयोन वाई’ नेपाली बजारमा


१ फाल्गुन २०८०, मंगलबार  

115
Shares


काठमाडौं । चिनियाँ विद्युतीय गाडी ‘आयोन वाई’ नेपाली बजारमा आएको छ । राजधानीको थापाथलीस्थित नयाँ शोरुममा मंगलबार चौधरी समूहले जीएसी कम्पनीको आयोन ब्राण्डको इभी ‘आयोन वाई’ लन्च र बिक्री सुरु भएको हो । गाडीको लम्बाइ ४५ हजार ३५० एमएम, चौडाइ १८७० एमएम र उचाइ १६५० एमएम छ । यसको साथै यसमा २७५० एमएमको ह्वीलवेस पाउन सकिन्छ ।

यसलाई कम्पनीले १८ र १९ इन्चको ह्वील अप्सनमा चीनमा बिक्री गर्दै आएको छ । चिनियाँ बजारमा उपलब्ध आयोन–वाईको ग्राउन्ड क्लियरेन्स १८३ एमएम छ । कम्पनीले यसमा १०.२५ इनचको ड्राइभर इन्फर्मेसन डिस्प्ले र १४.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम दिएको छ ।

जीएसी आयोन वाईमा ६१.५ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिइएको छ । यसलाई सिंगल चार्जमा ५०० किलोमिटर गुडाउन सकिने कम्पनीले जनाएको छ । यसमा मोटर पनि १०० किलोवाटको छ । यसको पीकटर्क भने १७६ एनएम छ । नेपाली बजारका लागि यो गाडीको मूल्य ५४ लाख ९९ हजार रूपैयाँ छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ५ : ५९ बजे