Logo

Breaking News 1

माल्दिभ्समाथि नेपालकाे फराकिलो जित


१ फाल्गुन २०८०, मंगलबार  

23
Shares

काठमाडौं । नेपालले माल्दिभ्समाथि फराकिलो जित हासिल गरेको छ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप अन्तर्गत समुह डी को अन्तिम खेलमा नेपालले माल्दिभ्समाथि २१४ रनको जित हासिल गरेको हो ।

नेपालले दिएको २२८ रनको लक्ष्य पछाएको माल्दिभ्स १३।५ ओभरमा १३ रन मात्र बनाएर अलआउट भएपछि नेपाल २१४ रनले विजयी भएको हो ।

यस अघि पहिला ब्याटिंग गर्दै नेपालले २० ओभरमा ४ विकेट गुमाउदै २२८ रन बनाएको थियो । नेपालका लागि रुबिना क्षेत्रीले शतकीय पारी खेलेकी थिइन् । रुबिनाले टी( २० अन्तर्राष्ट्रिय खेलमा नेपालको तर्फबाट पहिलो शतक बनाउदै नयाँ किर्तिमान बनाएकी छन् । यस खेलमा रुबिनाले अविजित ११८ रन बनाएकी थिइन् ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ३ : १२ बजे