Logo

Breaking News 1

महानगरले रोक्यो कान्ति अस्पतालको फोहोर संकलन


१ फाल्गुन २०८०, मंगलबार  

0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले कान्ति बाल अस्पतालको फोहोर संकलन तथा ढुवानीमा महानगरपालिकाको रोक लगाएको छ । महानगरपालिकाले अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि अस्पतालको फोहोर नउठाउने भएको हो ।

महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा अस्पतालको फोहोर व्यवस्थापन अभ्यास हेर्दा फोहोरको वर्गीकरण र ढुवानी पूर्व तयारीमा कमजोरी देखिएपछि फोहोर उठाउन नसकिने अस्पताललाई जानकारी दिइएको हो ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  २ : १९ बजे