Logo

समाचार

प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् कार्यसूची



काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ । आजको बैठकले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने दिनको जानकारी पनि गराउने संसद सचिवालयले जनाएकाे छ ।

आजको बैठकमा सम्पत्ति शुद्धिकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ दफावार छलफलसहित पारित गर्ने कार्यसूची रहेको प्रतिनिधिसभाले बनाएको क्यालेन्डरमा उल्लेख छ ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ६ : ३० बजे