Logo

Breaking News 1

‘अब चन्द्रसूर्य अंकित झण्डा कसले बोकिदिने ?’



काठमाडौं । नेपाली कांग्रेसका नेता एवम सांसद चन्द्र भण्डारीले नेपालभित्र अब नेपाल खोज्दै हिड्नुपर्ने स्थितिको सिर्जना भएको टिप्पणी गरेका छन् ।

आइतबार काठमाडौंमा ‘सहादतको मर्म’ विषयक छलफलमा बोल्दै नेता भण्डारीले सबैले राजनीतिक दलका झण्डा बोक्न थालेको बताउँदै नेपालको चन्द्रसूर्य अंकित झण्डा बोक्न आग्रह गरे ।

उनले भने, ‘नेपालभित्र नेपाली खोज, नेपालभित्र अब नेपाल खोज । म कांग्रेसको नेता हो मैंले चारतारे झण्डा बोकेर हिँड्छु । मैंले गल्ती गरे ठिक छ । तर आउँदो नयाँ पुस्ताले त कमजोरी दोहोर्याउनु भएन मुलुकका लागि । मेरा सहिदहरुले बोकेको चन्द्रसूर्य झण्डा कसले बोकिदिने ?’

पार्टीका झण्डा बोकेर मुलुकले निकास नपाएको बताएका भण्डारीले सबैले अब यो देशको झण्डा बोक्नुपर्ने बताए ।

आफ्नो पुस्ताले गरेको गल्ती आउँदो पुस्ताले दोहोर्याउन नहुने भण्डारीको भनाई छ । उनले सहिद अपमानिक नहुने हुँदा शहीदको अपमान गर्न नहुने बताए ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ५ : ०३ बजे