Logo

खेलकुद

मकवानपुर गोल्डकप : पुलिस र राजारानी खेल्दै



हेटौंडा । छैटौँ संस्करणको स्थानीय तह सहिदस्मृति अन्तराष्र्ट्रिय मकवानपुर गोल्डकपअन्तर्गत् आज नेपाल पुलिस क्लब र राजारानी क्लब धनकुटा खेल्दैछन् । गौरीटार बहुउद्देश्यीय रङ्गशालामा हुने खेल दिउँसो ३ बजे हुनेछ ।

आजको विजेता क्वाटरफाइनलमा प्रवेश गर्नेछ । प्रतियोगितामा १२ टोली सहभागी छन् । विजेताले १५ लाख तथा उपविजेतालाई १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ९ : ४२ बजे