Logo

खेलकुद

मेस्सीको क्लब इन्टर मियामी रोनाल्डोको अल नासरसँग पराजित



काठमाडौं । साउदी अरेबिया भ्रमणमा रहेको लियोनल मेस्सीको इन्टर मियामीले क्रिष्टियानो रोनाल्डोको टिम अल नासरसँग लज्जास्पद हार व्यहोरेको छ । बिहीबार राति भएको मैत्रीपूर्ण खेलमा नासरसँग मियामी ६–० को फराकिलो अन्तरले पराजित भएको थियो ।

अल नासरको जितमा टालीस्काले ह्याट्रिक गरेका थिए भने ओटाभियो, आइमेरिक लापोर्टे र मोहमद मरानले एक एक गोल गरेका थिए । ओटाभियोले तेस्रो मिनेटमै गोल गर्दै अल नासरलाई अग्रता दिलाए ।

टालीस्काले १०औं मिनेटमा व्यक्तिगत पहिलो गोल गर्दा नासरले अग्रता दोब्बर बनायो । आइमेरिकले १२ औं मिनेटमा तेस्रो गोल गरेका थिए । पहिलो हाफमा ३ गोल गरेको नासरले दोस्रो हाफमा अरु ३ गोल थप्न सफल भयो । ५१ औं मिनेटमा पेनाल्टी प्रहार गर्दै टालीस्काले ब्यक्तिगत दोस्रो गोल गर्दा अल नासर ४ गोलले अघि बढ्न सफल भयो ।

६८ औं मिनेटमा मोहमद मरानले गोल थपेका थिए । ७३ औं मिनेटमा मोहमद मरानले गोल गरेपछि अल नासर ६ ० को फराकिलो अन्तरले विजयी भयो । इन्टर मियामीको साउदी टूरमा यो लगातार दोस्रो हार हो । यसअघि इन्टर मियामी अल हिलालसँग पनि पराजित भएको थियो ।

यस खेलमा अल नासरका क्रिस्टियानो रोनाल्डो इन्जुरिका कारण खेलेका थिएनन् भने लियोनेल मेसी ८४औ मिनेटमा मैदानमा प्रवेश गरेका थिए । मेसीले लियोनार्दो कमपानालाई रिप्लेस गरेर मैदान प्रवेश गरेका हुन् ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ८ : ५२ बजे