Logo

खेलकुद

मकवानपुर गोल्डकप : एनआरटी र हिमालयन शेर्पा क्लब भीड्दै



मकवानपुर । छैटौँ संस्करणको स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकपअन्तर्गत बुधबार न्युरोड फुटबल क्लब (एनआरटी) र हिमालयन शेर्पा क्लबबीच खेल हुँदै छ ।

गौरीटार बहुउद्देश्यीय रङ्गशालामा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ । आजको विजेता क्वार्टर फाइनलमा प्रवेश गर्नेछ ।
प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको छ ।

मकवानपुर गोल्डकपको विजेताले १५ लाख तथा उपविजेतालाई १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ८ : ४० बजे