Logo

अर्थ

आज अमेरिकी डलरको भाउ स्थिर रहँदा पाउण्ड घट्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६९ पैसा र बिक्री दर १३३ रुपैयाँ २९ पैसा रहेको छ । आइतबारको तुलनामा डलरको मूल्यमा आज कुनै घटबढ भएको छैन ।
युरो एकको खरिद दर १४४ रुपैयाँ ०२ पैसा र बिक्री दर १४४ रुपैयाँ ६७ पैसा रहेको छ ।


त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३२ पैसा रहेको छ ।
आइतबारको तुलनामा बेलायती पाउण्ड घटेर आएको छ । आइतबार पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८५ पैसामा कारोबार भएको थियो ।
आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३९ पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  २ : ०४ बजे