Logo

प्रविधि

राष्ट्रिय साइबर सुरक्षा केन्द्र निर्माणको प्रक्रियामा छौं : मन्त्री शर्मा



काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय साइबर सुरक्षा केन्द्र निर्माणको प्रक्रिया अगाडि बढाइएको बताएकी छन् ।

शुक्रबार पुल्चोक इन्जिनियरिङ अध्ययन सस्थानमा लोकस प्रर्दशनी २०२४ को उदघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा पहिलोपटक साइबर सुरक्षा नीति २०८० पारित गरिसकेको भन्दै त्यसकै आधारमा आवश्यक नियम कानुनहरु र राष्ट्रिय साइबर सुरक्षा केन्द्र निर्माणको प्रक्रिया अगाडि बढेको बताएकी हुन् ।

उनले अहिले सुचना सञ्चार र प्रविधिको क्षेत्रमा डिजिटल डिभाइड ठूलो चुनौतीको रुपमा रहेको बताइन् । जनताको दैनिक जीवनलाई सहज बनाउन डिजिटल पूर्वाधार परिचालन गर्न आवश्यक जनशक्तिको विकास गर्नुपर्ने आवश्यकता रहेको उनको भनाई छ ।

उनले अब सूचना र प्रविधिको विकासबाट भागेर होइन यसको उचित प्रयोग र आवश्यक विकास गरेरमात्र देशलाई अगाडि बढाउन सकिने टिप्प्णी गरिन् । अब डिजिटल रुपान्तरणविना कुनैपनि क्षेत्रमा अगाडि बढ्नसक्ने परिस्थीति नरहेको उनको भनाई छ ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  १२ : ५४ बजे