Logo

कर्पोरेट

नेपाल इन्भेष्टमेन्ट मेगा बैंककाे दुईवटा नयाँ शाखा विस्तार



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले दुईवटा नयाँ शाखा विस्तार गरेको छ । बिहीबार ललितपुर महानगरपालिका–१५ को सातदोबाटो र वडा नं. २५ को भैँसेपाटी शाखा सञ्चालनमा ल्याएकोे हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेले शाखा कार्यालयको उद्घाटन गरेका थिए । बैंकले हालसालै बाराको सिमरा, काठमाडौंको शंखमुल र अनामनगरमा नयाँ शाखा सञ्चालनमा ल्याएकोे थियो ।

बैंकले हाल देशभर २६६ शाखा कार्यालय, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखारहित बैंकिङ र २५७ वटा एटीएममार्फत सेवा दिँदै आएको छ ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ८ : ५४ बजे