Logo

विशेष

‘सरकारले मालिकको कुरा सुन्छ कि श्रमिकको ?’



काठमाडौं । श्रमजीवि पत्रकार संघको अगुवाइमा पत्रकारहरुले पारिश्रमिक बढाउन माग गर्दै काठमाडौंमा धर्ना दिएका छन् ।

सोमबार काठमाडौंमा श्रमजीवि पत्रकार संघले श्रमजीवि पत्रकारहरुको पारिश्रमिक बढाउन साथै कानुन नमान्ने मिडिया हाउसलाई कारबाहीको माग गर्दै धर्ना दिएका हुन् ।

धर्ना कार्यक्रममा श्रमजीवि पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीले सञ्चार मन्त्रालयले पत्रकारहरुको पारिश्रमिकको विवरण मन्त्रिपरिषदमा पेस गरिसकेको भएपनि थन्केर बसेको भन्दै त्यसमा साहुहरुले चलखेल रहेको आसंका व्यक्त गरे ।

उनले सरकारमा मिडिया साहुहरुको प्रभाव रहेको भन्दै सरकार साहुहरुको अगाडि नतमस्तक हुन बाध्य भएको टिप्पणी गरे । मिडिया मालिकहरुको दबाबमा अर्थमन्त्री स्वयम् परेको उनको आरोप छ ।

श्रमजीवि पत्रकारहरुले गत फागुन ८ गते सरकारलाई श्रमजीवि श्रमिकहरु र पत्रकारहरुको पारिश्रमिक वृद्धि गर्न माग राख्दै ज्ञापन पत्र बुझाएका थिए ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  २ : ०३ बजे