Logo

अर्थ

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ग्लोबल आइएमई बैंकले कमायाे दुई अर्ब चार करोडभन्दा बढी खुद नाफा



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८०र८१ को दोस्रो त्रैमाससम्ममा दुई अर्ब चार करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.५९ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले दुई अर्ब ७८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र कुल सञ्चालन आम्दानी बढे पनि इम्पेरमेन्ट चार्ज बढेसँगै बैंकको खुद नाफा घट्न पुगेको हो । पुस मसान्तसम्म बैंकको निक्षेप संकलन र ऋण लगानी वद्धि भएको छ । पुसको अन्त्यसम्ममा बैंकले चार खर्ब ५४ अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरी तीन खर्ब ६४ अर्ब ७४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ८ : ०९ बजे