Logo

कर्पोरेट

लक्ष्मी सनराइज बैंकले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर दिने



काठमाडौं । लक्ष्मी सनराइज बैंकको साधारणसभाले ७ प्रतिशत बोनस सेयर पारित गरेको छ । साधारणसभाले आर्थिक वर्ष २०७९र८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको बैंकले जनाएको छ ।

बैंकको २३औं साधारणसभाल सञ्चालक समितिको प्रतिवेदन तथा अर्थिक वर्ष २०७९र८० को वित्तीय विवरण पारित गरेको छ ।

साथै साधारणसभाले संस्थापक सेयरधनीको तर्फबाट रमण नेपाल र मनोजकुमार भट्टराई तथा सर्वसाधारण सेयरधनीको तर्फबाट स्वाती रुङ्गटा र दिनेश पौड्याललाई सञ्चालक समितिमा निर्वाचित गरेको बैंकले जनाएको छ ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ७ : ३४ बजे