Logo

Breaking News 1

देशका केही भू–भागमा आज हिमपातको सम्भावना



काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा बिहान कोसी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । तराईका अधिकांश भू–भागमा हुस्सु र कुहिरो लागेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम र कोसी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विभागले राति लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोसी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको पूर्वानुमान छ ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ६ : ०३ बजे