Logo

धर्म / संस्कृति

आजको राशिफल



काठमाडाैैं । २०८० पुस २२ गते आइतवार ७ जनवरी २०२४। पौष कृष्णपक्ष एकादशी तिथि। विशाखा नक्षत्र, १९ः३० बजेपछि अनुराधा। चन्द्रराशि तुला, १३ः१८ बजेपछि वृश्चिक।

मेष
प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। खानपान एवं मनोरञ्जनमा रमाउने समय छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यापार–व्यवसायमा मनग्य आम्दानी बढ्नेछ।

वृष
चुनौतीपूर्ण जिम्मेवारी आए पनि बुद्धि–विवेकले काम लिन सकिनेछ। केही खर्च भए पनि काम बन्नेछ। शत्रु र रोगमाथि विजय प्राप्त हुनेछ। भौतिक साधन प्राप्त हुनेछन्। व्यापार बढ्नेछ भने यात्राको साइत जुर्न सक्छ।

मिथुन
कामको मेसो नमिल्दा केही अलमल हुनेछ। समयमा गम्भीर नबन्दा पनि दुस्ख पाइनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला।

कर्कट
काममा बाधा पुर्याउनेहरू देखा पर्नेछन्। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। साझेदारीमा असमझदारी बढ्नेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको सुझावमा भर नपर्नुहोला।

सिंह
जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा केही चुनौती आउन सक्छन्। काममा प्रतिस्पर्धा बढ्नेछ तापनि व्यवसायमा मनग्य लाभ हुनेछ। मध्याह्नपछि अवसरवादीहरूले झुक्याउन सक्छन्।

कन्या
अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। फजुल खर्च बढ्नेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुस्ख पाइनेछ। वादविवादमा अघि नसर्नुहोला।

तुला
लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। हतारमा निर्णय लिँदा काम दोहोर्याउनुपर्ला। शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ।

वृश्चिक
आकस्मिक खर्च बढ्नेछ भने आम्दानी कम हुनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। टाढाको यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ।

धनु
प्रयत्न गर्दा व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्य पाइनेछ। आम्दानी बढ्नेछ। रोकिएको काम बन्नेछ र जिम्मेवारी पनि बढ्नेछ। दिउँसोदेखि अवसरका लागि केही दौडधुप गर्नुपर्ला।

मकर
ईर्ष्यालु मन भएकाहरूले सताउनेछन्। अरूका काममा धेरै समय व्यतीत गर्नुपर्नेछ। हडबडको त्रुटिले काम दोहोर्याउनुपरे पनि दिउँसोदेखि स्थितिमा सुधार आउनेछ।

कुम्भ
समाजमा विवादास्पद काम गर्नुपर्दा समस्यामा परिनेछ। ईर्ष्यालु मन भएकाहरूले सताउनेछन्। अरूका काममा धेरै समय व्यतीत गर्नुपर्नेछ। हडबडको त्रुटिले काम दोहोर्याउनुपरे पनि दिउँसोदेखि स्थितिमा सुधार आउनेछ।

मीन
अस्वस्थताले काममा बाधा पुग्न सक्छ। खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ६ : १२ बजे