Logo

कोशी

उच्च शिक्षाका लागि आउजाउ गर्न छात्राहरूलाई साइकल



विराटनगर । पढाइमा अब्बल रहेका छात्राहरुलाई स्थानीय निकायले साइकल दिएर सहयोग गरेको छ ।

विराटनगर महानगरपालिका वडा नम्बर १४ वडाले २०७९ सालमा सामुदायिक बिद्यालयबाट एसईई उत्तीर्ण गरेका छात्राहरुलाई साइकल वितरण गरेको हो ।

उच्चशिक्षा अध्ययनका लागि सहज होस भनेर साइकल दिएर सहयोग गरिएको वडाध्यक्ष सूर्यनारायण महतोले बताए ।

कार्यक्रममा ३० जना छात्रालाई साइकल प्रदान गरिएको थियो ।

एसईइपछिको उच्च शिक्षाका लागि वडा कार्यालयले सहजताको लागि साइकल दिएकोमा छात्राहरु खुसी भएका थिए ।

एसईई उत्तीर्ण गरेपछि उच्च शिक्षा हासिल गर्न सम्बन्धित शैक्षिक संस्थामा आउजाउ गर्न सजिलो हुने भएको छात्राहरुले बताए ।

टाढाका शैक्षिक संस्था जान यातायातको सहजता नहुँदा आउजाउ गर्न उनीहरुलाई कठिनाइ हुने गरेको थियो ।

वडा कार्यालयले छात्राहरुको शैक्षिक अवस्थामा सुधार ल्याउने उद्देश्यले साइकल दिएको जनाएको छ ।

आगामी दिनमा पनि उनीहरुको पढाइमा भरथेग गर्ने खालका कार्यक्रम ल्याइने वडाध्यक्ष महतोले बताए ।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ११ : ५३ बजे